धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका प्रमुखलाई कारबाही गर्न अर्थसमितिको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एकसचेन्जका प्रमुख चन्द्र सिंह साउदले पदको दुरुपयोग गरी सेयर खरिदमा अनुचित लाभ लिएको अर्थ समितिले ठहर गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले आइपीओ निष्काशन हुन्ुभन्दा पहिल्यै भित्री सूचनाको आधारमा आफन्तको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको ठहरसहित दुवैजनामाथि कारवाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।

अध्यक्ष ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको सार्वजनिक भएपछि अर्थ समितिले उनीहरू दुवैलाई छलफलका लागि बोलाएका थिए ।

छलफलमा ढुंगानाले बिहे भएर गएकी छोरीको नाममा सेयर किनेको र साउदले आफू नेपाली नागरिक भएकोले कानूनले सेयर किनबेचमा रोकतोक नगर्ने जिकिर गरेका थिए ।

यसका साथै सांसदहरुले सेयर बजारमा हुने गरेको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन पनि सरकारलाई सुझाव दिएका छन्।

यस विषयमा छानविनको लागि अर्थमन्त्रालयले अर्थसचिव मधुकुमार मरासिनी र सहसचिव दीर्घराज मैनाली सम्मिलित छानविन समितिसमेत गठन गरेको छ ।