रिज लाईन इनर्जीले २१ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउँदै


काठमाडौं । रिज लाईन इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि करिब २१ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजार रूपैयाँको ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रूपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।