मनोभाव बुझने रोबोट सार्वजनिक


काठमाडौं । अमेजनले एउटा इभेन्ट आयेजना गरेर होम रोबोट सवार्वजनिक गरेको छ । होम रोबोटको नाम ‘अमेजन एस्ट्रो’ राखिएको छ । यो होम रोबोट अमेजनको आर्टिफिसियल इन्टेलिजेन्स असिस्टेन्ट एलेक्सा अन्र्तगत काम गर्दछ । एलेक्साको मद्दतले यो रोबोटले मान्छेसँग कुराकानी गर्न सक्दछ ।

यसको मनोभाव आरामले डिस्प्ले हुने कम्पनीले जनाएको छ । यसमा भिजुअल आइडी फिचर जुन क्यामेरासँग आउँछ र कम्प्युटर भिजनमा पनि काम गर्ने जसले मान्छे चिन्नको लागि मद्दत गर्ने र यसैले रोबोट क्लाउड्सको सुचना नदिने कम्पनीले जनाएको छ ।

अमेजन एस्ट्रोले रोबोट फाएर ओएसमा काम गर्दछ जुन अमेजनको एन्ड्रोइडको आप्mनो भेरियन्ट हो । यसले गुगल मोबाइल सर्भिस बिना काम गर्दछ । यो रोबोटको तौल १० किलोग्राम रहेको छ भने उचाई २ फिट रहेको छ । एस्ट्रो रोबोट आपैmँ पुरै घर घुम्न सक्ने जनाइएको छ ।

सेन्सर र एड्भान्स सप्mटवेयरका कारण घरमा भएको गतिशील परिवर्तन बुझन सक्दछ । सडकमा वा घरमा कोहि बच्चा वा जनावर एस्ट्रो रोबोटको अगाडी आयो रोकिने अमेजनले जनाएको छ ।