नेपाल इन्फ्रास्टक्चर बैंकद्धारा ८.५ प्रतिशत लाभाशं घोषणा


काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ ।

कम्पनीको असोज ४ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रास्तवित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।