एभरेष्ट बैंकमा पहिलो पटक नेपाली सीईओ,राईले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्ने


काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त सुदेश खालिङ राईले शुक्रबारलेखि कार्यभार सम्हाल्ने भएका छन् ।

२०७७ चैत तेस्रो सातामै खालिङलाई सीईओ पदमा नियुक्त भएका थिए । सीईओमा खालिङलाई सञ्चालक समितिले नियुक्त गरे पनि कार्यभार सम्हाल्न प्राविधिक कारणव ढिलाई भएको कम्पनी सचिव सुरेश चापागाइँले बताए ।

बैशाखको दोस्रो सातादेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा नायब महाप्रबन्धक डा. सन्धिर कुमारले कार्यभार सम्हाल्दै आएका थिए ।

खालिङ एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् । बैंकले २५ वर्षदेखि भारतीयलाई सीइओ बनाउँदै आएको थियो । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ ।