‘पढ्दै कमाउदै कार्यक्रम’ कार्यक्रम प्रभावकारी बनाउन अर्थमा छलफल


काठमाडौं । अध्ययरत विद्यार्थीलाई काममा लगाई कमाउने वातावरणसमेत बनाउने कार्यक्रम ‘पढ्दै कमाउदै कार्यक्रम’ प्रभावकारी बनाउन अर्थ मन्त्रालयले पहल अगाडि बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मासमेतको उपस्थितिमा अर्थमन्त्रालयका सचिव र कृषि मन्त्रालयका सचिवबीच आइतबार छलफल सम्पन्न भएको मन्त्री शर्माले जानकारी दिएका छन् ।

कार्यक्रममा सुर्खेत जिल्लाको जनज्योति मा।वि।का प्रधानाध्यापक नारायण सिग्देल लगायतका सरोकारवालाहरु उपस्थित थिए ।