कुमारी बैंकद्वारा लाभाशं घोषणा, बोनस सेयर कति ?


काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८को संचित मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभाशं दिने घोषणा गरेको हो ।

बैंकको हिजो असोज ११ गते, सोमबार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।