लक्ष्मी लघुवित्तद्वारा २७ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.३६८ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।