साताको पहिलो दिन पनि ५५ अंकले घट्यो सेयरबजार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले साताको पहिलो दिन पनि आरालो यात्रालाई निरन्तरता दिएको छ । आइतबार सेयर मापक परिसूचक नेप्से दोहोरो अंकले घट्दा ४ अर्ब माथि कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५५.९३ अंकले घटेर २५७७.४९ अंकमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ ।

त्यस्तै आज कारोबारका आधारमा अपि पावर कम्पनी सर्वाधिक अग्रस्थानमा रहेको छ । कम्पनीको १५ करोड ६लाख १६ हजार २सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर ३ सय २५ रूपैयाँ ४० पैसा पुगेको छ ।

आइतबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आइतबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । त्यसैगरी, आइतबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

कूल २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।