स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश घोषणा


ठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयर धनीलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले गत वर्ष ०७७ ०७८ को संचित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्रै सेयरधनीले पाउनेछन् ।