ग्लोबल आईएमआई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । ग्लोबल आइएमआई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट कम्पनीको चुक्ता पुँजीको २८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४३ करोड १७ लाख १० हजार ४११ रुपैयाँको २८ प्रतिशतले हुन आउने १२ करोड ८ लाख ७८ हजार ९१५ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।