तेह्थुम पावरको आइपीओ नेप्सेमा सुचिकृत


काठमाडौं । तेह्थुम पावर कम्पनी लिमिटेड र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) बीच साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा तेह्थुम पावर कम्पनीका प्रबन्ध सञ्चालक श्री मोहन कुमार डाँगी र नेपाल स्टक एक्स्चेन्जका निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निरन्जन फुयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार तेह्थुम पावर कम्पनीले हालै जारी गरेको १२ लाख कित्ता सर्वसाधारण सेयर तथा २८ लाख कित्ता संस्थापक गरी ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भई कारोवारको लागि योग्य भएको छ ।

कम्पनीले २०७८ भदौ ९ गते देखी १३ गते सम्म सर्वसाधारणको लागी सेयर जारी गरेको थियो । उक्त कम्पनीको सेयर रजिष्ट्रारको रुपमा कम्पनीले नेपाल बंगलादेश क्यापिटल रहेको छ ।

यस कम्पनीको चुक्ता पुँजी २० करोड रहेको छ ।