महुली लघुवित्तले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित आफ्ना सेयर धनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कुल चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

हिजो १३ गते शनिबार बसेको सचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७ ७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २२ करोड ३९ लाख ४४ हजार २६ रुपैयाँको २६ प्रतिशत अर्थात् ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबरको बोनस सेयर दिने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर मात्रै सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।