काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संञ्चित मुनाफाबाट आफ्ना लगानीकर्तालाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र ८३ को वितरणयोग्य नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
संस्थाले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँको ४.७५ प्रतिशतका दरले ८ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्