प्रतिकित्ता ५० रुपैयाँमा आइपीओ निष्काशन गर्दैै हाथवे इन्भेष्टमेन्ट


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २९ लाख २५ हजार कित्ता सेयर आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रूपैयाँको दरले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले उक्त आइपीओ बिक्री तथा निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हिजो कात्तिक १४ गते आइतबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपालको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।