तिहारपछि कारोबारको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । तिहारपछिको पहिलो कारोबारको दिन आज नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक परिसूचक नेप्से १९.२० अंकले घटेर २८२९.६५ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले घटेर ५२८.३७ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुह घटेका छन् भने ८ ओटा उपसमुह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ५२ करोड १० लाख ३ हजार ५ सय ९० रुपैयाँको कारोबार भएको छ ।

आज आइसीएफसी फाइनान्स र साहस उर्जाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेप्सेमा सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ७.९६ प्रतिशतले घटेको छ ।
आज कुल २३० ओटा कम्पनीको ७२ लाख ०७ हजार ३ सय ९६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १ सय ३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।