झिनो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब रूपैयाँ बराबरको कारोबार


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ अंकमा झरेको छ ।

आज नेप्सेका कारोबार भएका कुल १३ ओटा उपसमहुमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ६६ लाख ७१ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ ।

यस्तै, चिरख्वा हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ७.९२ प्रतिशतले घटेको छ ।

कुल ३४१ कम्पनीको एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ लाख २१ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।