सनराईज बैंकद्वारा ७ प्रतिशत लाभांश घोषणा


काठमाडौ । सनराईज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक २२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ अर्ब अड्चालिस करोड ७९ लाख ४४ हजार ४ सय ९९.३९ रुपैयाँको ६.६५ प्रतिशत अर्थात् ६३ करोड ९ लाख ४८ हजार ३ सय ९ रुपैयाँ २१ पैसा बोनस सेयर र ०.३५ प्रतिशत अर्थात् ३ करोड ३२ लाख ७ हजार ८ सय रुपैया ७५ पैसा नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले बताएको छ ।