तिहारपछि कारोबारको दोस्रो दिन भारी अंकले घट्यो नेप्से


काठमाडौं । तिहारपछिको दोस्रो कारोबारको दिन आज नेप्से भारी अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक परिसूचक नेप्से ७९.७९ अंकले घटेर २७४९.८६ अंकमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १६.०२ अंकले घटेर ५१२.८२ अंकमा पुगेको छ ।

आज नेप्सेमा १३ ओटा उपसमुह घटेको छ ।

नेप्सेका अनुसार आज कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ८२ लाख ८१ हजार ७ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

आज तेह्रथुम पावर कम्पनी, मानुषी लघु वित्त वितिय संस्था र साहस उर्जाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य ९.९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नेप्सेमा आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कुल २२५ ओटा कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।