विश्व प्रसिद्ध फर्मा ब्राण्डकाे ट्रयाक्टर नेपालमा


काठमाडाैं । ट्याक्ट्रर उत्पादनमा विश्व प्रसिद्ध ब्राण्ड फर्माकाे ट्याक्टर नेपाली बजारमा भित्रिएकाे छ ।

युराेपलगायतका विश्व बजारमा स्थापित फर्माकाे भारतमा उत्पादित ट्याक्टर यती टेक्निक फर्मा प्रा.लि.को भगिनी संस्था कृषि समूहले ट्रयाक्टर भित्र्याएकाे हाे ।

ट्याक्ट्ररकाे एक कार्यक्रमकाबीच अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेका हुन् । (VIDEO)

कृषि समूहका अध्यक्ष तेजविक्रम थापाले कृषि समूह र यसको भगिनी संस्था यती टेक्निक फार्म प्रा.लि.को ग्राहकहरूलाई निर्बाध रुपमा सेवा दिनका लागि नेपालभर बिक्री र सेवा आउटलेटहरूको बलियो नेटवर्क बनाएको बताए ।

नेपालमा ट्याक्ट्रर सार्वजनिक गर्दै शर्माले कृषि विकासका लागि प्रविधिकाे महत्वकाे चर्चा गर्दै फर्मा ब्राण्ड नेपालमै उत्पादन गर्न चाहेमा सरकारले सहजीकरण गर्ने बताए । (भिडियाे)

नेपालमा फर्माका एफ ६०, एफ ५०, एफ ४५, एफ ४० माेडलहरू नेपाली बजारमा किन्न सकिनेछ । ट्याक्ट्ररकाे मूल्य भने सार्वजनिक गरिएकाे छैन ।

ट्याक्ट्रर सार्वजनिक गरेका सेवाग्राहीलाइ विशेष छुटकाे व्यवस्था गरिएकाे र ट्याक्ट्रर विभिन्न माेडेलकाे बजारमूल्य एक सातापछि सार्वजिनक गरिने कृषि ग्रुपका बजार प्रमुख अनिल श्रेष्ठले बताए ।