बुधबार नेप्सेमा सामान्य वृद्धि, नेपाल टेलिकमको सर्वाधिक कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार सेयर मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.२८ ले घटेर ५१५.२०मा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको सेयर घटेको छ ।

आज सेयरबजारमा कारोबारको आधारमा नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख ५६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.४७ प्रतिशतले बढेरको छ ।

आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको सेयरमूल्य २.५५ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।