ज्योति विकास बैंकले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आज मंसिर ९ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।