नेपाली बैंकको बैंक ग्यारेन्टीमा पनि विदेशबाट ऋण लिन सकिने


नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ ।  आज सार्वजनिक भएको मौद्रिक नीतिको समिक्षा मार्फत नेपाली बैंकको बैंक ग्यारेन्टीमा पनि विदेशबाट ऋण लिन सकिने  व्यवस्था भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले नेपालमा विदेशी मुद्रा संचिति घटाउनका लागि वाणिज्य बैंकहरुको बैंक ग्यारेन्टीका आधारमा नेपाली व्यवसायीले विदेशबाट ऋण लिन पाईने व्यवस्था गरेको हो ।

उक्त समिक्षाकाअनुसार व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइने छ ।

यस्तै केन्द्रिय बैंकले गैरआवासीय नेपाली (एनआरएन)संलग्न संस्थाहरुले नेपालमा विदेशी मुद्रामै निक्षेप संकलन गर्न सकिने व्यवस्था मिलाईने व्यवस्थासमेत गरेको छ ।