श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको हिजो मंसिर १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयर धनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।