खाद्य ऐन उल्लंघन गर्ने २७ खाद्य उद्याेग विरुद्द मुद्दा (सूची सहित)


अनिल सापकाेटा-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको कार्यप्रगति सार्वजनिक गरेको छ। विभागले पत्रकार सम्मेलन गर्दै कोभिड-१९ को जोखिमकाबीच पहिलो तीन महिनामा कार्यालयबाट सम्पन्न कार्यक्रमकाे प्रगति विवरण सार्वजनिक गरेको हो ।

विभागले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी  ८ सय ५२ नमूना संकलन गरिएकाे जनाएकाे छ । जसमध्ये खाद्यान र दलहनजन्यका १३१ वटा, तेल तथा घ्युजन्यका ९४ वटा, फल तथा सागपात जन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफीका २८ वटा दूध तथा दुग्ध पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरीका १६ वटा नमुनाहरूको विशेषण परिक्षण गरेकामा ३६ वटा (६.६८ प्रतिशत) नमूनाहरुको परिक्षण खाद्य मापदण्ड अनुसार नभएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।

मापदण्डभित्र नपरेका उद्याेग तथा व्यापार कम्पनीमाथि कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढाइएकाे विभागकी महानिर्देशक मतिना वैद्य जाेशीले बताइन् । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक अवधिमा खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा जम्मा २७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको छ ।

दायर गरिएका ११ मुद्दाहरुमा दुषितका ९ वटा मुद्दाहरु न्यून गुणस्तरका, ६ वटा मुद्दाहरु लेवललगायतका विवरण नमिलेका तथा एउटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन सम्बन्धि छन्। २७ मुद्दाहरुमध्ये खाद्य ऐन, २०२३ बमोजिम दुषित तथा न्यून गुणस्तरका मुद्दाहरु सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दाहरु सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता गरिएका छन् ।

खाद्य आयात निर्यात तर्फ प्रथम त्रैमासिक अवधिमा जम्मा ६ हजार ४३८ आयात अनुमति जारी गरिएकोमा ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अस्विकृत गरिएको प्रवक्ता महर्जनले जानकारी दिए । आयात अनुमतिका लागि आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ आयात रोक्का गरेका सिन्थेटिक पेय पदार्थ लगायतका विविध खाद्य पदार्थहरु रहेको उनले बताए।

यस अवधीमा ८६ वटा आहारपूरक खाद्य पदार्थ नियमन गरेकाे विभागले जनाएकाे छ । यस अवधिमा नाकामा रहेका विभागका १२ वटा गुणस्तर प्रमाणिकरण कार्यालयमा जम्मा १६ हजार ३१० नमूनाहरु जाँच गरी नियमन गरिएको विभागले जनाएको छ ।

होटल रेन्टुरेण्ट स्तरीकरण कार्यक्रम अन्तर्गत विभाग तथा मातहतका कार्यालयहरूबाट जम्मा ४२ वटा होटल रेष्टुरेण्ट स्तरीकरण गरिएकोमा २ (४.८%) वटाले अति उत्तम, ७ (१६.७%) वटाले उत्तम, २३ (५४.७%) वटाले सन्तोषजनक, ७ (१६.७%) वटाले सामान्य स्तर प्राप्त गरेका र ३ (७.१%) वटा भने स्तरीकरणमै नपरेको देखिएकाे छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु, २२ वटा डिभिजन कार्यालयहरु र १२ स्थानमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरु गरी जम्मा ४३ कार्यालयहरुबाट खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली, २०२७ को कार्यान्वयनको गरिदै आइएकाे छ ।

मुद्दाकाे विवरण