विरगंज बन्दरगाहमा रिचस्टेकर नहुँदा समस्या


काठमाडौं । विरगंज भन्सार नाका नेपालकै ठूलो नाका हो । नेपालमा आयात हुने सामान मध्ये अधिकांश यहि नाकाबाट आयात हुन्छन् । देशको कुल राजस्वको १९ प्रतिशत विरगंज भन्सारबाट हुन्छ भने ४६ प्रतिशत भंसार राजस्व विरगंज भन्सारले उठाउँछ ।

नेपालकै ठूलो भन्सार भएपनि सामान लोड अनलोड गर्ने रिचस्टेकर नभएका कारण गरुङ्गो सामान ल्याउँदा लोड अनलोड गर्न समस्या हुने गरेको छ ।

केहि समय अगाडी इटालीबाट सय टनको प्रेस मेसिन ल्याउँदा ६ महिनासम्म विरगंज सुख्खा बन्दरगाहमा राखेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

त्यस मेसिनलाई पछि इन्जिनियर सहितको टोलीले देशका विभिन्न स्थानबाट ३ ओटा क्रेन मगाएर उचालेर राखिएको थियो । त्यसको लागि एउटा पोखरा, मार्दी हाइड्रो र एउटा भैरहवाबाट मगाएर निकालेको उनले बताए ।

नेपालमा रिचस्टेकर ल्याए पनि बिग्रियो भने मिस्त्रि भारतबाट नै ल्याउनुपर्ने अवस्था रहेको छ । रिस्टेकर नेपालको अरु स्थानमा नचल्लने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।

उनले आयातलाई थप सुविधा नगरेका कारण समस्या आएको उनले भने ।

अनुदानमा आएको स्क्यानर चल्दैन अर्को ल्याउने सरकारको तयारी

सरकारलाई केहि समय अघि चिन सरकारले स्क्यानर मेसिन सहयोग गरेको थियो । त्यो स्क्यानर मेसिन प्रयोग गर्नको लागि चिनले दुई जनालाई चिनमै लगेर तालिम पनि दिएको थियो । तर त्यो मेसिन अहिले बन्द अवस्थामा रहेको छ ।

तर त्यो स्क्यानर चलाउने कर्मचारी अहिले विरगंज भन्सारमा छैनन् । एकजना रिटार्यड भए भने एकजना सरुवा भएर अन्तै गएको पैडेलले बताए ।

नेपालमा भएको स्क्यानर मेसिन नचलिरहेको अवस्थामा सरकारले अर्को स्क्यानर मेसिन ल्याउने तयारी गरेको छ ।

अर्थमन्त्रीले ३ महिना भित्र स्क्यान मेसिन किन्न आदेश दिएपछि २५ मिलियन डलर खर्च गरेर अर्को मेसिन ल्याउने तयारी गरेको हो । स्क्यानर मेसिन ल्याएपनि सबै कन्टेनर स्क्यान गर्न नसकिने प्रमुख भन्सार अधिकृत पौडेलले ।

“दिनमा ६ ७०० समय कन्टेनर नेपाल भित्रिन्छ एउट स्क्यान गर्न २० देखि २५ मिनेट लाग्छ । सबै स्क्यानर गर्न लाग्यो भने जाम धेरै हुन्छ । त्यत्रो पैसा हालेर ल्यायो बिग्रियो भने के गर्ने ?,” उनले भने । पुरानो नचल्नुको कारण पनि यहि भएको उनले बताए । तर स्क्यानर राख्न जरुरी रहेको उनले भने ।

बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी

वीरगञ्जको सुख्खा बन्दरगाह भन्सार कार्यालयमा विद्युतीय भुक्तानी प्रणालीको परीक्षण सुरु गरिएको छ । अब भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महशुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो ।

पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिने जनाइएको छ । त्यसपछि सुख्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

यस प्रणाली प्रयोग गरेर आफ्नो बैंक खाताबाट विद्युतीय रुपमा भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरेको हो ।

व्यवसायी तथा भन्सार एजेन्टले राजस्व दाखिलाको लागि नगद बोक्नुपर्ने, चेक भुक्तानीका लागि बैंक तथा वित्तीय संस्था धाउनुपर्ने लगायतका समस्याबाट मुक्त हुने छन् ।

विरगंज भन्सारबाट लक्ष्य भन्दा बढी राजस्व संकलन

विरगंज भन्सार कार्यलयले मंसिर महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । मंसिर महिनामा १७ अर्ब ४९ करोड ८३ लाख ६४ हजार रुपैँया राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर लक्ष्यभन्दा ६ प्रतिशत बढी राजस्व संकलन गरेको हो । विरगंज भन्सारबाट मंसिर महिनामा १८ अर्ब ५७ करोड ७२ लाख ८२ हजार रुपैँया राजस्व संकलन गरेको छ । विरगंज भन्सार कार्यलयले कार्तिक महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन ।

अघिल्लो वर्ष सोही महिनामा १४ अर्ब ४८ करोड ७२ लाख ९६ हजार संकलन गरेको थियो ।

कार्तिक महिनामा भने लक्ष्य भन्दा कम राजस्व संकलन भएको थियो । १७ अर्ब ५४ करोड ९७ लाख ५९ हजार राजस्व संकलन लक्ष्य रहेकोमा १७ अर्ब ५ करोड २१ लाख ८० हजार मात्र संकलन गरेको थियो । प्रतिशतको हिसाबमा ९७.२ प्रतिशत मात्र संकलन गरेको हो ।

विरगंज भन्सारको २०७८/७९ सालमा २ खर्ब ३ अर्ब २ करोड ५० लाख ३७ हजार राजस्व संकलन लक्ष्य रहेको छ ।

अहिलेसम्मको लक्ष्यभन्दा बढीनै उठिरहेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । विरगंज भन्सारबाट भन्सार राजस्वको ४६ प्रतिशत राजस्व संकलन हुने गरेको छ । भने जम्मा राजस्वको १९ प्रतिशत विरगंज भन्सारबाट संकलन हुने गरेको छ ।