सोमबार १७ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर बजार १७. ९३ अंकले घटेर २३५८.८१ अंकमा झरेको छ। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.३४ अकले घटेर ४५१.१९ अंकमा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये उत्पादन उपसमुह र लघुवित्त उपसमुह बढेका छन् भने अन्य ११ वटा उपसमुह राताम्ये बनेका छन् ।

आज नेप्सेमा कारोबार रकमका आधारमा गुराँस फाइनान्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड २७ लाख १० हजार ६ सय ५१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेमा आज गुराँस फाइनान्स र हिमालय डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने आजको दिन माउन्टेन इर्नजी नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज कुल २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८ सय ६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।