सिभिल बैंकले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । सिभिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

हिजो पौष ५ गते, सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत गरेपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात सेयर धनीलाई वितरण गरिनेछ ।