हिमालयन डिष्टिलरीद्वारा १०० प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०० प्रतिशत लाभांश घोषणा गरेको छ ।

पुस ६ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

हाल चुक्ता पुँजी ८६ करोड ७७ लाख रहेको कम्पनीको प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी डेढ अर्ब नाघ्ने छ ।

समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिने छ ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५० प्रतिशत नगद लाभांश गरेर कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

त्यस्तै कम्पनीले पुस २८ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारणसभा आह्वान गरेको छ ।