नेप्सेमा ९२ अंकको उछाल, ४ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन नेप्सेमा भारी अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक परिसूचक नेप्से ९२.१६ अंकले बढेर २५०७.७० अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमुह मध्ये सबै उपसमुहमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै ट्रेडिङ उपसमुह ८.२३ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६८ करोड ३४ लाख ५० हजार ६ सय ५२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपर तामाकोशी र शिवम् सिमेन्टको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । त्यस्तै अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज “नबिल ऋणपत्र २०८५” का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त ऋणपत्र ४.५९ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज २३३ कम्पनीको ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १ सय ४३ रुपैयाँको कारोबार भएको छ ।