साताको कारोबारको अन्तिम दिन १२ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ प्रतिशतले बढेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० उपसमुह बढेका छन् भने ३ उपसमुह घटेका छन् । नेप्सेमा आज सबैभन्दा धेरै निर्जीवन विमा उपसमूह ३.५६ प्रतिशतले बढेको छ ।

आज नेप्सेमा कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड २४ लाख ८४ हजार ८ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार शिखर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ९ ९७ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ भने गुराँस फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.७४ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज २२९ कम्पनीको ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रुपैयाँको कारोबार भएका छन् ।