सोमबार नेप्से ६९ अंकले घट्दा नबिल बैंकको सर्वाधिक कारोबार


काठमाडों । साताको कारोबारको पहिलो दिन उकालो लागेको सेयर बजार आज दोस्रो दिन भने भारी अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ६९.७७ अंकले बढेको छ ।

विगत केही महिनादेखि निरन्तरजसो घटेको सेयरबजार गत हप्तादेखि केही दिन बढेको थियो । सोमबार नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १०.८५ अंकले घटेर ४७१.८९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै ५.१५ प्रतिशतले नन लाइफ इन्स्योरेन्स समूह घटेको छ ।

सोमबार नेप्सेमा कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३० करोड ६० लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै आज गोर्खाज फाइनान्स कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले घटेको छ ।

कूल २३८ वटा कम्पनीको एक करोड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।