आइपीओ जारी गर्दै श्रृजनशील लघुवित्त


काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि ३ करोड ३७ लाख २५० रुपैयाँ बराकरको ३ लाख ३७ हजार २५ कित्ता आइपीओ जारी गर्ने भएको छ ।

उक्त आइपीओ जारी गर्न कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

श्रीजनशीलका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत प्राप्त श्रीजनशीलको रजिष्टर्ड कार्यालय सिराहा जिल्लास्थित गोलबजार–७, चोरहवामा रहेको छ ।