कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्दै


काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । आगामी माघ ७ गतेबाट आफ्ना सेयरधनीलाई ३० लाख कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको बैंकले जनाएको छ ।

कम्पनीले १ बराबर १.५ को अनुपातमा कुल ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

माघ ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेडले नियुक्त गरेको छ ।

उक्त हकप्रदा लगानीकर्ताले सिभिल क्यापिटलको कार्यालय, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

हाल २० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।