आइपीओ निष्काशन गर्दै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी


काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।

कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ । जसमा ५ लाख ७२ हजार ६४ कित्ता आयोजना प्रभावित स्थानीय र बाँकी ८ लाख ५८ हजार ९८ कित्ता सर्वसाधारणका लागि जारी गरिनेछ ।

कम्पनीले उक्त आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।