नेप्से दोहोरो अंकले घट्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार


काठमाडौं । लगातार चार दिनदेखि लगातार बढिरहेको सेयरबजार बुधबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज बुधबार ३५.७७ अंकले ओरालो लागेको छ ।

बु्धबार नेप्से परिसूचक ३५.७७ अंकले घटेर २६४९.२० अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ६.६८ अंकले घटेर ४९७.०३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये आज जलबिद्युत र फाइनान्स उपसमूह बाहेक बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।
त्यस्तै नेप्सेमा आज कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनी १८ करोड ७२ लाख ६२ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज मध्य भोटिकोशि जलबिद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस दिन विजय लघुवित्त वित्तिय संस्थाको संस्थापक सेयरको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले घटेको छ ।

कूल २३६ वटा कम्पनीको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८२ रूपैयाँ ७१ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।