नेप्सेमा १९ अंकको वृद्धि, कारोबार रकम ७ अर्ब माथि


काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १९ अंकले वृद्धि भएको छ भने कारोबार पनि उत्साहजनक रहेको छ ।

सोमबार नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९४ अंकमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुह मध्ये ३ वटा उपसमुहको सेयर घटेको छ भने १० वटा उपसमुहको सेयर बढेको छ ।

आज कारोबार रकमका आधारमा गुराँस फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ४० हजार ९ सय १७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेमा आज मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने आजको दिन प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको सेयर मूल्य ३.१७ प्रतिशतले घटेको छ ।

कुल २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।