नेप्सेको प्रम्ख कार्यकारी अधिकृतको लागि ३ जनाको नाम सिफरिस


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी (सीइओ)मा ३ जना सिफारिस भएका छन् । छनोट तथा सिफारिस समितिले गत आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका ५ जना आकांक्षीमध्ये ३ जनाको नाम छनोट गर्दै सिफारिस गरेको हो।

सीइओको लागी ११ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये सर्टलिस्टमा परेका ५ जना मध्ये छनौट समितिले कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको. नाम सिफारिस गरेको नेप्सेले जनाएको छ ।

उनीहरुको नाम समितिले छनोट गरेपछि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने छ । मन्त्रिपरिषदले कुनै एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको जिम्मेवारी दिनेछ ।

सिफारिस गरिएकामध्ये कार्की र श्रेष्ठ सेयर लगानीकर्ता तथा सक्रिय कारोबारी हुन्। श्रेष्ठले सेयर बजारसँग सम्बन्धित एउटा अनलाइनमा लगानीसमेत गरेका छन् भने भण्डारी आरबीबी मर्चेन्ट बैंकिङमा सीईओ भइसकेका व्यक्ति हुन्।

सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए।