नेप्सेमा ६९ अंकको उछाल आउँदा साढे ९ अर्ब माथिको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयर बजारमा उछाल आएको छ । आइतबार सेयरबजारमा ६९ अंकको उछाल सँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६.७४ अंकमामा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह ५.६२ प्रतिशतले बढेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यस्तै स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८०÷८१ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ३.५९ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।