दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको खुद नाफा घट्यो


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले खुद नाफामा गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष बैंकको खुद मुनाफामा ११.८९ प्रतिशतले गिरावट आएको छ ।

दोस्रो त्रैमासम्म बैंकले ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ११.८९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ६४.४१ प्रतिशतले घटेर ९ करोड ६७ लाख रुपैयाँमा समीति बनेको छ। गत वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २७ करोड १९ लाख रुपैयाँ रहेको थियो।

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा भने गत वर्षको यही अवधिको तुलनामा ४१.५१ प्रतिशत बढेको छ। गत वर्ष यही अवधिसम्म ३४ करोड ६९ लाख रुपैयाँ सञ्चालनमा मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर ४९ करोड ९ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६८ करोड ८० लाख रुपैयाँ खुद ब्याज गरेको थियो।

बैंकले दोस्रो त्रैमाससम्म ४७ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब १ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३८ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ पुर्याएको बैंकको रिजर्भको आकार ८९.९९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिसम्म ४९ करोड ५३ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ९४ करोड १० लाख रुपैयाँको भएको छ।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत ईपीएस २१.८७ रुपैयाँ रहेको छ । पीई रेसियो २५.७४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३.०२ रुपैयाँ रहेको छ।

साथै दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने सूचीकृत कम्पनीहरुमध्ये कामना सेवा पहिलो कम्पनी बनेको छ ।