नेप्सेमा सामान्य गिरावट, एशियन लाइफको सार्वधिक कारोबार


काठमाडौं ।  साताको मंगलबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि १.१७ अंकले घटेर ५२४.८६ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्स उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

त्यस्तै आज नेप्सेमा १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ २ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।