हिजो उछाल आएको सेयरबजारमा आज दोहोरो अंकको गिरावट


काठमाडौं । साताको पहिलो दिन हिजो १०५ अंकको उछाल आएको सेयर बजारमा आज कारोबारको दोस्रो दिन सोमबार भने दोरोहो अंकको गिरावट आएको छ ।

जेठमा स्थानीय निर्वाचन हुने हल्ला सँगै सेयर बजारमा उछाल आएको र आजको करेक्सन भनेको केही प्रोफिट बुकले गर्दा भएको सेयरबजारका जानाकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक १४.४८ अंकले घटेर २८७१.०७ अंकमा झरेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ सूचक पनि ०.०८ अंकले घटेर ५३८.४५ अंकमा झरेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयर बढेको छ भने १० वटा उपसमुहको सेयर घटेको छ ।

नेप्सेमा आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभपलमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रुपैयाँको कारोबार भएको छ ।