देशको भुक्तानी सन्तुलन झन् बिग्रँदै


काठमाडौं । देशको भुक्तानी सन्तुलन झन्झन् बिग्रँदै गएको छ ।

नेपाल राष्ट्र बैंककका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो अद्र्ध–वार्षिक अवधिमा चालू खाता ३ खब ५४ अर्ब ७ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा चालू खाता रु.५१ अर्ब ६८ करोडले घाटामा थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ८ लाखले घाटामा रहेको चालू खाता यो वर्ष २ अर्ब ९७ करोडले घाटामा गएको छ ।

केन्द्रीय बैंकका अनुसार शोधनान्तर घाटा पनि बढेर २ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो अद्र्धवार्षिक अवधिमा शोधनान्तर १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २ करोडले घाटामा छ ।

पुँजीगत ट्रान्सफर २० प्रतिशतले कमी आई रु.५ अर्ब ४८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भई रु.११ अर्ब ३४ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ८५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब ६६ करोड रहेको थियो ।