नेपाल टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रुपैँयामा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस कल


काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसर पारेर अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस कल अफर उपलब्ध गराएको छ । यो आइतबार र सोमबारको लागिमात्र उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत ४९ रुपैँयामा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यो सेवा *१४१५*११# डायल गरी वा वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सुविधा खरिद गर्न सकिने उल्लेख छ ।

यस्तै, टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात (भोल्टी) सेवामा भ्यालेन्टाइन डेकै अवसरमा सोमबार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा सोमबार एमपोसबाट गरिने २०० रुपैँयादेखि ४९९ रुपैँया सम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैँया वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुने टेलिकमले जनाएको छ ।