६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।

इन्स्योरेन्सले जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

यसैबीच आज एक समारोह आयोजना गर्दै इन्स्योरेन्स र क्यापिटलबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले २०७५ माघ १ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त गरेको थियो ।