क्यासिनोले धमाधम तिर्न थाले रोयल्टी, अहिलेसम्म ७५ करोड असुली


काठमाडौं । रोयल्टी नतिरेका क्यासिनोहरुले धमाधम बुझाउन थालेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले रोयल्टी बुझाएका छन् ।

पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएसँगै ७५ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको छ ।

राजस्व दाखिला नगरी बाँकी बक्यौता रहेका केही क्यासिनो संचालक कम्पनीहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएपछि धमाधम बक्यौता रकम तिर्न विभागमा सम्पर्क गर्ने क्रम बढेको पर्यटन विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनो रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।

अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको प्रवक्ता पाण्डेले बताए ।