५३ अंकले बढ्यो नेप्से परिसूचक, सबै उपसमुहमा छायो हरियाली


काठमाडौं । साताको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५३.३० अंकले बढेर २७५४.३८ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि १०.८३ अंकले बढेर ५२२.१३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको १३ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ । आजको दिन सबैभन्दा बढि हाइड्रो समुह ४.३२ प्रतिशतले बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन डिष्टलरी कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४ सय ९० रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा आज न्यादी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने एनआईसी एसिया ब्यालेन्स फण्ड का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फण्डको मूल्य ३.१४ प्रतिशतले घटेको छ ।

कुल २२४ कम्पनीको ६३ लाख ४३ लाख २ सय २८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड २२ लाख १८ हजार ६ सय १४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।