दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । मंगलबार ५३ अंकले बढेको सेयर बजार आज भने १९ अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.८४ अंकले घटेर २७३४.४४ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.४७ अंकले घटेर ५१८.६६ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको सेयर घटेको छ भने अन्य उपसमूह र लाइफ इन्स्योरेन्स बढेको छ ।

नेप्सेमा आज कारोबार रकमका आधारमा अपि पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २१ करोड १४ लाख ६५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ३.४४ प्रतिशतले बढेर बढेको छ ।

त्यस्तै आज दिन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको संस्थापक सेयरको मूल्य ५.९६ प्रतिशतले घटेरको छ ।

कूल २३१ वटा कम्पनीको ५६ लाख ५२ हजार एक सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७ सय ८४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।