झिनो अंकले घट्यो नेप्से, खुम्चियो कारोबार पनि


काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा झरेको छ । नेप्से ०.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने स्थिर रहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २७३२.५२ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०२ अंकले घटेर ५१८.६४ अंकमा झरेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अग्रस्थानमा रहेको छ । कम्पनीको २२ करोड ३७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको संस्थापक सेयरको मूल्य ४.४६ प्रतिशतले घटेको छ ।

कूल २३३ वटा कम्पनीको ४० लाख १७ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।