भन्सार विभागले तोक्यो भन्सार एजेन्टको परीक्षा केन्द्र


काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा केन्द्र तोकेको छ । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो ।

विभागले विसं २०७७ साल चैत महिनामै ६६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । जेठ र मंसिरमा तोकिएको परीक्षाको मिति कोरोना महामारीका कारण दुई पटकसम्म पछाडि सारिएको थियो । लोकसेवा आयोगले काठमाडौं उपत्यकामा ४५ वटा परीक्षा केन्द्र तोकेको छ ।